राजसी कानुन उल्लंघन गरेको अभियोगमा दिइएको यस सजाय हालसम्मकै कडा भएको बताइएको छ।
बैंकक क्रिमिनल कोर्टले आन्चन थर गरेकी महिलालाई राजतन्त्रको अपमान गरेको भन्दै जेल सजाय सुनाएको हो।
अदालतका अनुसार आन्चनले फेसबुक तथा युट्युबमा राजतन्त्रको विरुद्धमा आफ्ना भनाइहरु राखेकी थिइन्।
पछिल्लो समय थाइल्यान्डका राजा महा बाजिरालंकर्ण आफ्नी प्रेमिका तथा अव्यवस्थित जीवन शैलीका कारण विवादमा परिरहेका छन्। एजेन्सी


प्रतिक्रिया