राजनीति


ओलीलाई प्रचण्डको प्रश्न : पूर्व एमालेलाई किन विश्वासमा लिन सक्नुभएन?

ओलीलाई प्रचण्डको प्रश्न : पूर्व एमालेलाई किन विश्वासमा लिन सक्नुभएन?

नेपालखबर
माघ ६, २०७७ मंगलबार ११:४३,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा राजा महाराजको दुर्गन्ध आउन थालेको बताएका छन्।

अध्यक्ष प्रचण्डले मंगलबार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘‘प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेका छन् । त्यो सिफारिसको भाषामा राजाको भाषा ह्वास्सै गन्हाएको छ’, उनले भने, ‘संसद विघटन सिफारिस भएको भाषामा राजा महाराजाको दुर्गन्ध आउँछ । ओलीको हरेक भाषामा राजतन्त्रको आभास मिल्छ।’

उनले ओलीको प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्र्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताए

‘प्रतिनिधि सभा विघटनले राजतन्त्र पुनःस्थापित गर्ने, देशलाई निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’, उनले भने।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पूर्व एमाले समूहलाई विश्वसमा लिन नसकेर आफूलाई खेलेको भन्ने आरोप लगाए। उनले अध्यक्ष प्रचण्डले ओलीलाई आफ्नो अनुहार ऐनामा हेर्न सुझाब समेत दिए।

‘पूर्व एमालेमा मैले खेलेँ भन्नुहुन्छ उहाँले। म के भन्छु भने ५० वर्षदेखि काम गरिरहेका, कोहीले १५ वर्षदेखि गरेका, कोहीले १० वर्ष पार्टीको नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्री भइसकेका। देशको राजनीतिक रुपमा स्थापित व्यक्तिवलाई तपाईं ५० वर्षदेखिसँगै हुनुहुन्थ्यो, तपाईंले विश्वासमा लिन नसक्ने, भर्खरै एकता गरेको प्रचण्डले सजिलै विश्वासमा लिन सक्ने कसरी भयो?’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad