काठमाडौं उपत्यकामा फोन तथा एसएमएसबाट धम्की दिएर रकम असुल गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाको मेलुङ् गाउँपालिका–२ घर भइ हाल असन बस्ने वर्ष १९ को प्रदिप कार्की, दोलखा शैलुङ् गाउँपालिका–८ घर भइ हाल असनमै बस्ने वर्ष १९ को सुरज भण्डारी र सोही स्थान घर घइ हाल काँडाघारी बस्ने वर्ष २१ को किरण कार्की रहेका छन्।
उनीहरुले बिभिन्न व्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर धाक धम्की देखाई लाखौं रकम माग गरेका प्रहरीले जनाएको छ।
विशेष सूचनाका अधारामा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंको वागबजार मोडल हस्पिटल अगाडिबाट पक्राउ गरी निजहरुको साथ बाट धम्क्याउन प्रयोग गरेको ५ वटा मोबाइल तथा सिमहरु समेत बरामद गरेको छ।
3
Shares
प्रतिक्रिया