समाज


नेपालमा पनि नयाँ प्रजातिको कोरोना देखियो भनेर नआत्तिऊँ, बरु यसो गरौं : डा. रविन्द्र पाण्डे

नेपालमा पनि नयाँ प्रजातिको कोरोना देखियो भनेर नआत्तिऊँ, बरु यसो गरौं : डा. रविन्द्र पाण्डे

नेपालखबर
माघ ५, २०७७ सोमबार ८:१७,

नेपालमा पनि बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबाट तीनजना व्यक्तिमा संक्रमण भएको पुष्टि भएपछि आममानिसमा फेरि अर्को त्रास थपिएको छ।

तर यससम्बन्धी विज्ञहरुले भने यसप्रति धेरै डराउनु नपर्ने तर सतर्क रहनुपर्ने बताएका छन्।

यसबारे डा. रविन्द्र पाण्डेको भनाइ यस्तो छ:

बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं। यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन।

भाइरसको स्वरूप परिवर्तन अर्थात् म्युटेसन भइरहहन्छ। त्यहि क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो।

पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशत बढी सर्न सक्दछ। उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यसले १७०० जनालाई संक्रमण गराउन सक्छ।

यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ। आम सर्वसाधारणमा फेरि अर्को नयाँ डरलाग्दो भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन। यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो।

अन्य व्यक्तिसंग भेट्दा मास्क ठीक तरिकाले अनिबार्य रुपमा लगाउने, भीडमा नजाने, भौतिक दूरी कायम गर्ने, बन्द कोठामा भेटघाट र बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन।

आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो ब्यायाम गर्ने (जाडोमा मर्निंग वाक नगर्नु राम्रो), तनाब नलिने, राति ८–९ घण्टा सुत्ने, मौसमी फलफुल खाने, औषधिसेवीले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै संगै जानेछ।

जेष्ठ नागरिक तथा दीर्घबिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो।

यो पनि : 
बेलायतबाट फर्किएका तीन नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad