समाज


बेलायतबाट फर्किएका तीन नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

बेलायतबाट फर्किएका तीन नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

नेपालखबर
माघ ५, २०७७ सोमबार ८:६,

बेलायतबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नयाँ प्रजातिको भाइरस तीव्र रुपमा संक्रामक रहेको अध्ययनले पुष्टि गरिसकेको छ।

हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा गरिएको जिनोम सिक्वेन्सिङमा तीन जनामा सो भाइरसको नयाँ प्रजाति भेटिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक जागेश्वर गौतले बताएका छन्।

यो भाइरसको प्रजाति पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक मानिन्छ। डब्लुएचओले जनाएअनुसार सो भाइरसको प्रजातिबाट संक्रमित हुनेमा २ पुरुष तथा एक महिला रहेका छन् ।

मन्त्रालयका अनुसार संक्रमित दुई कोरोना संक्रमणबाट मुक्त भएको र बाँकी एक जनामा पनि कुनै प्रकारको लक्षण नदेखिएको प्राध्यापक गौतमले बताए ।

health new corona pr

यो पनि :
नेपालमा पनि नयाँ प्रजातिको कोरोना देखियो भनेर नआत्तिऊँ, बरु यसो गरौं : डा. रविन्द्र पाण्डे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad