नेपाली सेनाको सहयोगमा विभिन्न जिल्लामा सञ्चालित सर्पदंश उपचार केन्द्रहरुमा गत पुस महिनामा ८४ जनाको उपचार गरिएको छ।
नेपाली सेनाका अनुसार सो अवधिमा सेनाको मध्यपश्चिम पृतना तथा त्यसअन्तर्गत पर्ने दाङमा १ जना, कपिलवस्तुमा २७ जना र पूर्वी नवलपरासीमा ४ जनाको सर्प तथा विच्छिदंशको उपचार गरिएको थियो।
त्यसैगरी, सुनसरीमा १४ जना, झापामा १४ जना र उदयपुरमा १ जनाको उपचार भएको नेपाली सेनाले जनाएको छ।
सोहि अवधिमा सुदूरपश्चिम पृतनामा पर्ने कैलालीमा १ जना र मध्यपूर्वी पृतना तथा त्यसअन्तर्गत पर्ने महोत्तरीमा ५, सर्लाहीमा ६, सप्तरीमा ३, सिराहामा ७ र धनुषा जिल्लामा १ जनाको उपचार गरिएको थियो।


प्रतिक्रिया