हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको माैसमविद्ले बताएका छन्।
माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ का पहाडी भेगमा माैसम सामान्य बदली छ भने बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ।
देशका पूर्वी र मध्य तराईका अधिकांश तथा पश्चिमी तराईका केही ठाउँमा बाक्लो हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएकाे छ।
महाशाखाले शनिबार साँझ ६ बजे जारी गरेकाे बुलेटिनअनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ-
माघ ३ गते (शनिबार)
राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
माघ ४ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ ५ गते (सोमबार)
दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया