समाज


अभिभावक गुमाएका परिवारलाई नेकपाका जिल्ला सचिवले घरमै पुगेर दिए नगदसहितको राहत

अभिभावक गुमाएका परिवारलाई नेकपाका जिल्ला सचिवले घरमै पुगेर दिए नगदसहितको राहत

नेपालखबर
माघ ३, २०७७ शनिबार १२:५७,

सर्लाहीको हरिवन- ८ , कैलाशपुरी घर भएकी एकल महिला मनिषा श्रेष्ठको परिवारलाई करिब ५० हजार रुपैयाँ बराबरको राहत प्रदान गरिएको छ।

अभिभावक गुमाउँदाको पीडामा रहेका श्रेष्ठ परिवारलाई नगद ३० हजार रुपैयाँ, सिरक, डसना, चामल, तेल र जाडोको कपडासहितको राहत प्याकेज प्रदान गरिएको चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन प्रतिष्ठान सर्लाहीका अध्यक्ष सचिन प्रकाश दाहालले जानकारी दिए।

विश्व उल्टो साइकल यात्री बिरेस दाहाल प्रतिष्ठानको पहलमा स्वदेश तथा विदेशबाट संकलत गरिएको राहत शनिबार नेकपाका जिल्ला सचिव कमल बुढाथोकीले श्रेष्ठको घरमै पुगेर प्रदान गरेका हुन्।

मनिषाका पति नारायण दास प्रधानको गत वर्ष जंगलमा घाँस काट्न जाँदा रुखमा च्यापिएर मृत्यु भएको थियो। पतिको मृत्युपछि मनिषाले एक्लै आफ्ना तीन छोरीको लालनपालन गर्दै आएकी छन्।

आम्दानीको स्रोत केही नभएका श्रेष्ठ परिवारलाई जीवन यापन गर्न समस्या भएपछि राहत संकलनको पहल अघि बढाएको सचिन प्रकाश दाहालले बताए।

‘हाम्रो अभियानमा काठमाडौं निवासी पवित्रा अधिकारी, रुपेश केसी, उज्वल खड्का, प्रदीप भट्टराई, रोहित तिर्सना, आयुष ठकुरी, अमेरिकी नागरिक क्याथ्रिन र एलेक्स लगायतले साथ दिनुभयो। उहाँहरुबाट प्राप्त सहयोग श्रेष्ठ परिवारलाई प्रदान गरेका हौँ,’ दाहालले भने।

राहत रकम प्रदान गर्दै नेता बुढाथोकीले सानैमा बुवा गुमाएका मनिषाका नाबालक तीन छोरीको पठनपाठनको लागि सबैको सहयोग जरुरी रहेको बताए। राहत रकम ग्रहण गर्दै मनिषा श्रेष्ठले आफूहरुको दुःखमा साथ दिने सबैप्रति आभार प्रकट गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad