उनका अनुसार बालाकोटमा गरिएको आक्रमणजस्तै त्यस्ता स्थानमा तेजसले नजिकैबाट अक्रमण गर्नसक्छ।
तेजस युद्धक विमान पाकिस्तानको जेएफ १७ विमानभन्दा शक्तिशाली भएको पनि उनले दाबी गरे। तेजसको अगाडि चिनियाँ सहयोगमा बनेको जेएफ १७ टिक्न नसक्ने उनको भनाइ छ।
हाल भारतले तेजस युद्धक विमान बनाइरहेको छ भने पाकिस्तानले नयाँ जेएफ–१७ युद्धक विमान निर्माण गरिरहेको छ।
भदौरियाका अनुसार जेएफ १७ भन्दा तेजस गुणस्तरीय र क्षवतावान छ।
‘फोर एन्ड हाफ जेनेरेसन’को तेजस विमान ‘लाइट कम्ब्याट एयरक्राफ्ट’ हो।
अत्याधुनिक प्रविधिबाट निर्माण गरिएको विमानमा तैनाथ हतियार पनि स्वदेशमै बनेको हो।
यसबीचमा जानकारहरुका अनुसार पाकिस्तानको जेएफ १७ विमान एफ–१६ जस्तै हल्का वजन भएको विमान हो। पाकिस्तानी विमान सबै मौसमा प्रयोग गर्न सकिन्छ भने यसले जमीन र हावामा आक्रमण गर्नसक्ने क्षमता राख्दछ।
भारतको तेजस र पाकिस्तानको जेएफ दुवैमा लामो दुरीसम्म मार हान्नसक्ने क्षेप्यास्त्र जडान गरिएको बताइएको छ। यी दुवै विमानले आफ्नो लक्षलाई लक गरेर आक्रमण गर्नसक्छ।

तेजसको विशेषता
भारतीय वायु सेनाका सेवानिवृत्त विंग कमान्डर केटी सेबेस्टियनका अनुसार तेजस विमान अन्य हल्का लडाकु विमानभन्दा निकै शक्तिशाली छ किनभने यसमा धेरै नयाँ प्रविधि र उपकरण जडान गरिएको छ।
यस विमानमा इजरायलमा र भारतमा विकसित गरिएको रडार प्रणाली छ। विमान कम तौलको छ साथै यसको मार हान्नसक्ने क्षमता राम्रो छ। यस बहुआयामिक लडाकु विमान मुश्किल परिस्थितीमा पनि राम्रो नतिजा दिन सक्षम छ।
तेजसको निर्माण हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले गरेको हो। भारतीय सेनाका गोर्खा रेजिमेन्टका सेवानिवृत्त कर्णेल सन्जय श्रीवास्तवका अनुसार तेजसले आठदेखि ९ टनसम्मको वजन उठाउनसक्छ। यसका साथै यो ध्वनीको बेग मेक १.६ देखि १.८ को गतिमा ५२ हजार फिटमाथिसम्म उड्नसक्छ।
तेजसमा नयाँ ‘एक्टिभ इलेक्ट्रोनिकल–स्क्यान्ड रडार छ। यसले दुश्मनलाई टाढैबाट आक्रमण गर्नसक्छ भने दुश्मनको रडारलाई पनि झुक्याइदिन्छ।

पाकिस्तानको जेएफ १७ को विशेषता
जेएफ–१७ को निर्माण इस्लामावादको एरोनोटिकल कम्प्लेक्स पीएसीले गरिरहेको छ। यसको निर्माणमा चीनको चाइना नेसनल एरो टेक्नोलोजी इम्पोर्ड एन्ड एक्सपोर्ड कर्पोरेसन पनि सामिल छ।
पाकिस्तानी वायु सेनाका प्रवक्ता अहमर रजाका अनुसार पाकिस्तानी वायु सेनामा सामिल हुन लागेको नयाँ जे एफ १७ बी मोडलका विमानमा दुई पाइलट बस्न सक्छन्।
यसको प्रयोग मुख्यगरी प्रशिक्षणको लागि गरिनेछ। यो विमानका प्राय सबै सुविधा पहिल्यैको जेएफ–१७ विमानजस्तै छ।
यसको रडार प्रणाली पनि पुरानै हो। नयाँ मोडलमा अर्को पाइलट बस्ने सुविधा मात्र प्रदान गरिएको हो। जेएफ–१७ विमान फोर्थ जेनेरेसन फाइटर जेट विमान हो भने नयाँ जेएफ–१७ फोर एन्ड हाफ जेनेरेसनको विमान हो।
पाकिस्तान र चीनले निर्माण गरिरहेको नयाँ जेएफ विमानमा ३ हजार ६३० किलो हतियार बोक्ने क्षमता छ। यस विमान २२ सय किलोमिटर प्रतिघण्टाको बेगमा उड्नसक्छ।
यस विमानले १३ सय ५० किलोमिटरको दुरीबाटै आक्रमण गर्नसक्छ।
अधिकारीहरुका अनुसार भारतमा २ हजार लडाकु विमान छन् भने पाकिस्तानमा ९ सय लडाकु विमान छन्। एजेन्सी

प्रतिक्रिया