समाज


आज भारतका सबै राज्यमा एकसाथ सुरु गरिँदै कोरोना खोप लगाउने अभियान

आज भारतका सबै राज्यमा एकसाथ सुरु गरिँदै कोरोना खोप लगाउने अभियान

नेपालखबर
माघ ३, २०७७ शनिबार ३:३०,

भारतमा आज (शनिबार) कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु हुँदै छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले बिहान साढे १० बजे खाेप अभियान उद्घाटन गर्नेछन्।

भारतका सबै २९ राज्य तथा केन्द्र प्रशासित प्रदेशका ३ हजार ६ स्थानबाट एकसाथ खोप लगाउने अभियान सुरु गरिनेछ।

पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिएका कर्मचारीलाई खोप दिइनेछ। पहिलो दिन हरेक खोप केन्द्रमा कम्तीमा सय जनालाई खोप दिने भारत सरकारले जनाएको छ।

भारत सरकारले यही जनवरी ३ तारिख कोरोनाविरुद्धका २ खोपलाई प्रयोगको अनुमति प्रदान गरेको छ।

पहिलो हो– कोभ्याक्सिन, जुन हैदरबादस्थित भारत बायोटेक कम्पनीले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेसनल इन्स्टिच्युट अफ भाइरोलजीसँग मिलेर उत्पादन गरिरहेको छ।

अर्काे हो– कोभिसिल्ड, जुन खोपको विकास अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनी मिलेर गरेका हुन्। यो खोप भारतस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .