समाज


आज काठमाडौंका दर्जनभन्दा बढी स्थानमा २ घण्टा बिजुली बन्द गरिने

आज काठमाडौंका दर्जनभन्दा बढी स्थानमा २ घण्टा बिजुली बन्द गरिने

नेपालखबर
माघ ३, २०७७ शनिबार ३:२,

आज (शनिबार) काठमाडौं उपत्यकाका दर्जनभन्दा बढी स्थानमा २ घण्टा बिजुली बन्द गरिने भएको छ।

नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनाअनुसार नियमित मर्मत सम्भारका लागि भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुँवर कोलोनी, मनकामना टोल र ग्रिनल्यान्ड चोकमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म बिजली काटिनेछ।

यस्तै सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीलाघर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् बन्द गरिनेछ।

बसुन्धरा, गोंगबु, मित्रनगर, गोंगबु गणेशस्थान र बसपार्कमा भने बिहान ७ देखि ८ बजेसम्म बिजुली बन्द गरिने उल्लेख भएकाले यो क्षेत्रमा पुनः विद्युत् सञ्चालन भइसकेको हुनपर्छ।

हेर्नुहाेस्, प्राधिकरणकाे सूचना :

prasu11

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .