प्रहरी हिरासतमा एक २३ वर्षीय युवकको मृत्यु भएको घटनाको विरोधमा बेल्जियमको राजधानी ब्रसल्समा सयौँ मानिसहरूले बुधबार राति हिंसात्मक प्रदर्शन गरेको बीबीसीले जनाएको छ।
प्रदर्शनकारीले बेल्जियमका राजा फिलिपकै गाडीमा आक्रमण गरेको बताइएको छ। हुलदङ्गा भएको स्थानमा खिचिएको भिडिओमा राजा फिलिपको गाडीमा प्रदर्शनकारीले झटारो प्रहार गरेको देखिन्छ।
आक्रमण हुँदा उक्त गाडी ब्रसल्सबाट राजदरबारतिर फर्किरहेको थियो।
प्रदर्शनकारीहरूले एउटा प्रहरी कार्यालयमा आगो लगाउनुको साथै सडकमा तोडफोड गरेका थिए।
यस घटनामा चार प्रहरी घाइते भएका छन् भने केही मानिसलाई पक्राउ गरिएको छ।
(भिडियाे)

प्रतिक्रिया