प्रहरी कार्यालया दर्ता भएको मुद्दा मिलाइदिन्छु भन्दै पीडितसँग ९० हजार रुपैयाँ रकम लिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले बिहीबार एक व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर टिष्टुङ पालुङ नगरपालिका १२ का ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिबहादुर घलान रहेका छन्। उनलाई काठमाडौंको स्वयंभुबाट प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी प्रमेश बिष्टले बताए।
घलानले महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनि पीडितपक्षसँग ९० हजार रूपैयाँ माग गरेको प्रहरीले जनाएको छ।
उनीमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भैरहेको डीएसपी बिष्टले बताए।

प्रतिक्रिया