ad ad

समाज


माघे संक्रान्तिका अवसरमा हाम्रो टिमद्वारा विपन्नलाई खाना वितरण

माघे संक्रान्तिका अवसरमा हाम्रो टिमद्वारा विपन्नलाई खाना वितरण

नेपालखबर
माघ १, २०७७ बिहिबार ८:४८,

रोजगारविहीन भएर सडकमा भौँतारिईरहेका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले माघि पर्व तथा माघे संक्रान्तीको अवसरमा खानेकुरा वितरण गरेको छ।

रोजगारीविहीन भई भौँतारिइरहेका व्यक्तिहरुलाई माघे संक्रान्तीको अवसरमा हाम्रो टिम नेपालले बिहीबार थापाथलीमा खानेकुरा वितरण गरेको हो। दजनौँको संख्यामा उपस्थित व्यक्तिहरुलाई सेलरोटी, चाकु, तरुल, खिचडी, घिउ लगायतको खानेकुरा खुवाईएको थियो।

हुनेखानेले मात्रै होइन, नहुनेका लागि पनि चाड मनाउनको निम्ति रोजगारी गुमेकाहरुलाई माघे सक्रान्तीको अवसरमा सकेको सहयोग गरेको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए।

रोजगारी नपाएको तथा दैनिक जिवनयापनमा समेत अप्ठ्यारो परिस्थिति आएको भन्दै आफूहरु हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको ठाउँमा आएको रविन्द्र दाहालको भनाई छ। सरकारले रोजगारविहीन नागरिकलाई हेरचाह गर्नुपर्ने उनले बताए।

हाम्रो टिम नेपालले बेलाबेलामा रोजगारविहिन व्यक्तिहरुलाई यसरी खानेकुरा वितरण गर्दै आएको छ। आगामी दिनमा पनि विभिन्न चाडपर्वको अवसरमा यसरी नै खानेकुरा वितरण गरिने जनाईएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .