सामाजिक सञ्जाल फेसबुकमा ‘जव भ्याकेन्सी’को पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन्।
खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ।
ठगी गरेर फरार रहेका खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ।

प्रतिक्रिया