ad ad

समाज


आज प्रदेश १ र गण्डकीमा हल्का वर्षाको सम्भावना

आज प्रदेश १ र गण्डकीमा हल्का वर्षाको सम्भावना

नेपालखबर
पुस २९, २०७७ बुधबार ०:५८,

हाल नेपालमा उल्लेखनीय माैसम प्रणाली नभए पनि यतिबेला (बुधबार बिहान) देशको पहाडी भेगमा माैसम आंशिक बदली छ भने तराईमा हुस्सु/कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

महाशाखाका अनुसार दिउँसाे प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  जारी गर्दै भनेकाे छ- देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका केही भूभागमा हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। 

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनअनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ : 

पुस २९ गते (बुधबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली साथै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

माघ १ गते (बिहीबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

माघ २ गते (शुक्रबार)

दिउँसो :  सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

राती : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .