समाज


१ हजार गर्लफ्रेन्ड हुने व्यक्तिलाई यौन अपराध गरेको अभियोगमा १ हजार ७५ वर्ष जेल सजाय

१ हजार गर्लफ्रेन्ड हुने व्यक्तिलाई यौन अपराध गरेको अभियोगमा १ हजार ७५ वर्ष जेल सजाय

नेपालखबर
पुस २८, २०७७ मंगलबार २:४८,

टर्कीका एक टेलिभिजनकर्मीलाई त्यहाँको अदालतले १ हजार ७५ वर्ष जेल सजाय सुनाएको छ।

६४ वर्षीय आदनन अक्तरलाई यौन अपराध अभियोगमा यति धेरै कैद सजाय हुने फैसला सुनाइएको हो। उनीमाथि बलात्कार, यौन हिंसा, नाबालकको यौन शोषणलगायतका अभियोगमा दोषी ठहर गरिएको हो।अदालतले अक्तरसँगै अरू दुई जनालाई २११ र १८६ वर्ष जेल सजाय सुनाएको छ।

सञ्चारमाध्यमहरूका अनुसार अक्तर यौन अपराधसँगै सन् २०१६ मा कूको प्रयास गरेको मुस्लिम समूह फेतुल्लाह गुलेन सँगको साँठगाँठमा पनि दोषी पाइएका छन्।

सुनुवाइका क्रममा अक्तरले आफ्ना झन्डै एक हजार जना गर्लफ्रेन्ड भएको बताएका थिए। ‘मेरो मनमा महिलाप्रति मायाको सागर छ। प्रेम मान्छेको गुण हो। यो एउटा मुस्लिमको गुण हो,’ उनले एउटा सुनुवाइमा भनेका थिए। अक्तर आफ्नो टेलिभिजन स्टुडियोमा महिलाले घेरिएर बसेका हुन्थे।

सन् २०१८ मा इस्तानबुल प्रहरीले छापा हानेर उनीसहित अरू दुई सय जनालाई पक्राउ गरेको थियो। उनले सन् २०११ मा अनलाइन टेलिभिजनको स्थापना गरेका थिए। बलात्कार अभियोग लागेपछि सरकारले उनको सम्पत्ति पनि जफत गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad