समाज


झापामा आगलागीमा परी भुटानी शरणार्थीको मृत्यु, ८ लाखको सम्पत्ति क्षति

झापामा आगलागीमा परी भुटानी शरणार्थीको मृत्यु, ८ लाखको सम्पत्ति क्षति

नेपालखबर
पुस २८, २०७७ मंगलबार २:१८,

झापास्थित भुटानी शरणार्थी शिविरको एक छाप्रोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दिएको जानकारीअनुसार सोमबार साँझ साढे ७ बजे दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरर्णाथी सिबिर सेक्टर नं. डी ४, छाप्रा नं. ३२५ मा बस्ने ६० वर्षीय देशमान राईको मृत्यु भएको हो।

बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा अचानक आगलागी हुँदा त्यसभित्र सुतिरहेका प्यारालाइसिसका बिरामी राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीबाट छाप्रा, छाप्राभित्र रहेका सुन १ तोला, चाँदी १० तोला, नगद ३ लाख रुपैयाँ, खाद्यान्न तथा लत्ताकपडा सबै जलेकाले अनुमानित ८ लाख रुपैयाँको धनमाल क्षति भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

आगलागी स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा राति सवा ८ बजे निभाइएको थियो।

पोस्टमार्टमका लागि राईको शव दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। आगलागीको कारण थाहा हुन नसकेकाले थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad