समाज


आइटीको द्रुत विकाससँगै भविष्यका लागि तयार रहन विज्ञहरूको जोड

आइटीको द्रुत विकाससँगै भविष्यका लागि तयार रहन विज्ञहरूको जोड

नेपालखबर
पुस २७, २०७७ सोमबार ९:५५,

‘आर यु फ्युचर रेडी’ स्लोगन सहित प्रेसिडेन्सियल बिजनेस स्कूलमा आयोजित दुईदिने आइटी करियर कन्क्लेभ सम्पन्न भएको छ। प्रेसिडेन्सियल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा पुस २५ गतेदेखि आयोजना भएको कार्यक्रममा विभिन्न ५ सेसनमा २५ भन्दा बढी वक्ताहरूको सहभागिता रहेको थियो।

आइटीमा भविष्य खोज्नेहरूलाई लक्षित गरेर आयोजना गरिएको यो आइटी करियर कन्क्लेभमा वक्ताहरूले अबको भविष्य प्रविधिसँगै जोडिएको हुँदा सोही अनुकूल सरकार र सर्वसाधारण पनि प्रविधमैत्री वातावरणमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका थिए। अहिलेको इमर्जिङ प्रविधिहरूबारे छलफल गर्दै सुरु भएको कन्क्लेभ अबको १० वर्षभित्र नेपालमा आइटीको विकास कस्तो हुन सक्छ भन्ने विषयमा गएर टुंगिएको थियो।

कार्यक्रमको अन्तिम सेसनमा बोल्दै पूर्वमन्त्री गणेश शाहले स्टार्टअप, इन्नोभेसन र उद्यमशीलतामा अबको भविष्य खोज्नुपर्ने बताए। यसैगरी आइटी विज्ञ मनोहर भट्टराईले सरकार पोलिसी निर्माणमा अघि रहे पनि कार्यान्वयन पक्ष फितलो हुँदा यो क्षेत्रमा अपेक्षाकृत प्रगति हुन नसकेको बताए।

उनले अझै पनि युवाका समस्याहरू नबुझ्ने र नेपाली इन्नोभेसनलाई सहजीकरण नगर्ने हो भने १० वर्षमा ठूलो परिवर्तन देख्न नसकिने बताए।

प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले विगत केही वर्षदेखि सरकारले आइटीलाई प्राथमिकतामा राखेर काम गरिरहेको हुँदा परिवर्तन सम्भव रहेको बताए। नागरिक अधिकार एपले चाँडै मूर्तरूप लिने भन्दै उनले अब डिजिटल प्रविधिले अन्य क्षेत्रलाई ड्राइभ गर्नुपर्नेमा जोड दिए।

मेडसफ्टकी सीईओ प्रनिता उपाध्यायको अनुसार अबका दश वर्षमा घरबाटै काम गर्ने रणनीतिले प्रोत्साहन पाउनेछ। त्यसैगरी भौतिक पूर्वाधार र साइबर सुरक्षामा पनि एकदमै बदलाव आउने उनले बताएकी थिइन्।

कार्यक्रममा कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले आफ्नो अनुभवहरू बाँडेका थिए। नलेज स्पेसियलिस्ट हेमपाल श्रेष्ठले सञ्चालन गरेको उक्त सेसनमा डिजिटल नेपाल र यसका एजेन्डाको विषयमा पनि छलफल भएको थियो।

यो महत्वपूर्ण सेसनसँगै कार्यक्रममा इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशीलता, इमर्जिङ टेक्नोलोजी र कनेक्टिङ ट्यालेन्ट्स टु दि वल्र्ड विषयमा पनि प्यानल डिस्कसन सञ्चालन भएको थियो। कार्यक्रममा धेरै सहभागीहरू भर्चुअल रूपमा पनि सहभागी भएका थिए र भौतिक रूपमा भने स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न सरोकारवाला तथा मिडियाको उपस्थिति रहेको थियो।

पहिलो सेसन ‘इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री’ मा योङ इन्नोभेसनका सिईओ विभूषण विष्ट, क्लाउड फ्याक्ट्रीकी वरिष्ठ सफ्टवेयर इन्जिनियर माधुरी श्रेष्ठ, नेपाल खुल्ला विश्वविद्यालयका कार्यक्रम संयोजक डा. भोजराज घिमिरे र फ्यूज क्लासरुमका निर्देशक पराग श्रेष्ठ सहभागी भएका थिए। त्यसैगरी इ सत्यका इन्चार्ज रुचिन सिंह मोडरेटरको भूमिकामा रहेका थिए। दोस्रो सेसन ‘इन्नोभेसन एण्ड टेक्नोलोजिकल आन्ट्रप्रेनरसीप’ विषयमा सञ्चालन भएको थियो। यो सेसनमा खल्तीका सहसंस्थापक मनीष मोदी, फुडमाण्डूका संस्थापक मनोहर अधिकारी र जीवीका प्रबन्ध निर्देशक आभुसन ज्योती कंसाकार सहभागी भएका थिए।

त्यस्तै तेस्रो सेसनमा आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात् क्युएनए सेसन सञ्चालन भएको थियो। यस सेसनमा मेरो लगानीका सिईओ अतितलाल श्रेष्ठ र लिफ्रग टक्नोलोजीकी स्वेच्छा विष्ट सहभागी भएका थिए।

त्यसैगरी कार्यक्रमको दोस्रो दिन ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा भर्चुअल सेसन सञ्चालन भएको थियो। यस सेसनमा किम्बु टेक्नोलोजीकी सीईओ कार्भिका थापा, सिम्प्लिफाई ३६० का सीईओ लक्ष्मी खतिवडा र जेनस सोलुसनका सीटीओ अञ्जनी फुँयाल, ग्रोवाईडेटाका सहसंस्थापक प्रशन्न ढुंगेल लगायतको सहभागिता थियो।

अमेरिकन बिजनेश डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल बिजनेस स्कुलले यसै वर्षदेखि आइटी अन्तर्गत बिएससी आइटी र एमएससी आइटीका शैक्षिक कार्यक्रमहरू सञ्चालनको तयारी गरेको छ। कलेजले पहिलोपटक आइटी करियर कन्क्लेभ सफलतापुर्वक सम्पन्न गरेको कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए। आगामी दिनमा आइटीको भविष्य सुमधुर रहेको बताउँदै केसीले यसको लागि योग्य र दक्ष विद्यार्थी उत्पादनमा जोड दिने र आइटी उद्योगसँग सहकार्य गर्दै अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad