समाज


मुम्बईका ३ युवामा नयाँ प्रकारको कोरोना देखियाे, एन्टिबडीले पनि काम नगर्ने

मुम्बईका ३ युवामा नयाँ प्रकारको कोरोना देखियाे, एन्टिबडीले पनि काम नगर्ने

नेपालखबर
पुस २७, २०७७ सोमबार ०:१,

भारतको मुम्बईमा तीन जनामा कोरोना भाइरसको नयाँ स्ट्रेन (प्रकार) को संक्रमण देखिएको छ।

चिन्ताको कुरा त के छ भने यो नयाँ कोरोनासँग लड्न शरीरको एन्डिबडी (प्रतिरक्षा प्रणाली) ले समेत काम नगर्ने देखिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो तथ्य मुम्बईस्थित टाटा मेमोरियल सेन्टरका वैज्ञानिकले पुष्टि गरेका हुन्।

वैज्ञानिकका अनुसार कोरोनाको यो नयाँ स्ट्रेनलाई ‘ई-४८४’ नामले चिनिन्छ। कोरोनाको यो नयाँ रूप दक्षिण अफ्रिकामा फेला परेको प्रकारसँग मिल्दोजुल्दो देखिएको छ।

सेन्टर फर होमियोप्याथी विभागका प्राध्यापक डाक्टर निखिल पटकरका अनुसार यो दक्षिण अफ्रिकामा फेला परेका तीन म्युटेन्ट्स (‘के-४१७ ए’, ‘ई ४८४ के’ र ‘एन ५०१ वाई’) जस्तै छ।

उनको समूहले कोरोनाका ७ सय नमुनाको जिनोम सिक्वेन्सिङ गरेको थियो। जसमध्ये ३ नमुनामा कोरोनाको ‘ई ४८४ के’ प्रकार फला परेको हो। यी तीन बिरामी गत सेप्टेम्बरमा संक्रमित भएका थिए। उनीहरू ३०, ३२ र ४३ वर्षका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad