सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधनको क्रममा माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिए।
माघी पर्व थारु समूदायले धुमधामका साथ मनाउने गर्दछन् भने अरु समूदायले पनि माघे संक्रान्ति मनाउने गर्दछन्।
‘जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ’ ओलीले भने।
3
Shares

प्रतिक्रिया