पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्तामा आफूहरु रहेको बताएका छन्।
२९९ औँ पृथ्वी जयन्तिको पूर्वसन्ध्यानमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै शाहले राष्ट्रिय अखण्डताका लागि एकताको गाठौँलाई बलियो पार्नुपर्ने बताएका हुन्।
उनले श्री ५ पृथ्वीनारायण शाहल राष्ट्रभक्तिबाट ओतप्रोत भएर राष्ट्र निर्माणमा आफ्नो पुरै जीवन समर्पण गरेको स्मरण गर्दा मात्रै आफूहरु गौरवान्वित हुने गरेको बताउँदै अहिले भने देशकसरी गोगाउन सकिएला भन्ने चिन्तामा रहेको बताएका हुन्।
‘नेपाली भनेका नेपाली नै हुन्। कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन असर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ’, ज्ञानेन्द्रले शुभकामना सन्देशमा भनेका छन्, ‘यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ।’
शाहले अहिलेको राजनीतिक कति इमान्दार, राष्ट्रकेन्द्रीत र जनहित अनुकूल छ भनेर समीक्षा गर्न विलम्ब भएको टिप्पणी गरेका छन्। उनले आफ्ना लागि देश र जनता सर्वोपरि रहेको बताउँदै राजनीति देशको सेवाको उच्चतम साधन भएको बताएका छन्।
‘हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरि रहँदै आएको छ‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम् साधन हो।’





प्रतिक्रिया