समाज


दुर्घटनाग्रस्त श्रीविजया एयरको हराइरहेका दुवै ब्ल्याक बक्सको स्थान पत्ता लाग्यो

दुर्घटनाग्रस्त श्रीविजया एयरको हराइरहेका दुवै ब्ल्याक बक्सको स्थान पत्ता लाग्यो

नेपालखबर
पुस २६, २०७७ आइतबार ११:२६,

बीबीसीका अनुसार विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा पनि फेला परेका छन्।

यतिबेला नौसेनाले उक्त ब्ल्याक बक्सलाई प्राप्त गर्ने प्रयास गरिरहेका छन्। ब्ल्याक बक्स फेला परेसँगै दुर्घटनाको कारणहरु खुल्नेछ।

इन्डोनेसियाको यातायात सुरक्षा समितिका प्रमुख सोइरजान्तो जाजोनोले भनेका छन्,‘हामीले ब्ल्याक बक्स रहेको स्थान पत्ता लगाएको छौं। अब त्यसलाई भेट्न धेरै समय लाग्दैन। डाइभरले तीव्र गतिम खोजीकार्य जारी राखेका छन्।’

जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका सदस्य सहित ६२ जना सवार थिए।

जकार्ताको सोकार्नो–हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको अनुसन्धानबाट खुलेको छ।

इन्डोनेसियाली यातायात मन्त्रालयका अनुसार, सेना समेतको सहयोगमा गोताखोरहरुले विमानको अवशेष पानीको सतहभन्दा करिब ७५ फिटमुनि फेला पारेका थिए।

विमानमा सवार सबै व्यक्ति इन्डोनेसियाली रहेका थिए जसमा १० जना बालबालिका पनि थिए। एजेन्सी

याे पनि :  इन्डोनेसियामा बेपत्ता भएको विमानबारे प्रत्यक्षदर्शी माझी भन्छन्ः समुन्द्रमा खस्दा ठूलो विस्फोट भयो

इन्डोनेसियामा ६२ यात्रु बोकेर उड्नासाथ बेपत्ता विमान खसेको स्थान ‘पत्ता लाग्याे’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad