ललितपुरको कुपण्डोलमा अवस्थित विध ल्याबमा अब कोरोना भाइरसविरुद्धको एन्टिबडी परीक्षण हुने भएको छ। यो सेवा आजैबाट सुरुवात भएको ल्याबले जानकारी दिएको छ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको लक्षण कतिपयलाई नदेखिन सक्ने भन्दै ल्याबले कोरोना संक्रमण भएको हुनसक्ने सम्भावित अवस्थालाई हेरेर एन्टिबडी परीक्षण गर्ने भएको हो। थाहा नै नभई शरीरमा एन्टिबोडी बनेको हुनसक्ने चिकित्सकहरुले बताएका छन्।
यसअघि सस्तो र सरल मूल्यमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबले शरीरमा प्रचुर एन्टिबडी बनेको छ भने खोपको लागि हतार गर्नु नपर्ने सुझाव समेत दिएको छ।
‘शरीरमा कोरोना भाइरस विरुद्धको एन्टिबडी बनेको छ कि छैन, भन्ने विषय पनि एन्टिबोडी जाँचपछि थाहा पाइने ल्याबले बताएको छ ।
ल्याबले एन्टिबडी परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकेको छ।
Shares

प्रतिक्रिया