ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले आइतबार उनीहरुलाई पुरस्कृत गरेका हुन्।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गर्ने प्रहरी सम्मानित भएका हुन्।
महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरीक्षक देबिराम भण्डारी, रामेश्वर उप्रेती, प्रहरी हवल्दार शंकर वन सन्यासी, बिनोद गोतामे रहेका छन्।
यस्तै प्रहरी जवान भुवन भण्डारी, केदार प्रसाद भण्डारी, नैन सिंह राना, रविन घिमिरे, धनन्जय सिंह रावत, मिना कुमारी आचार्य, निरज थापा, केशब बिष्ट, रमेश सिंह बुडाल, भानुभक्त ढकाल, राकेश कुमार साह, शान्ता श्रेष्ठ, ईश्वर पछाई रसन्दिप कुमार यादव पनि पुरस्कृत भएका छन्।
पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारी चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया