कोभ्याक्स र भारतबाट कोरोनाविरुद्धको खोप ल्याउन पहल गरिरहेको सरकारले पहिलो चरणअन्तर्गत खोप लगाउन देशभरका स्वास्थ्यकर्मीको विवरण छिटो उपलब्ध गराउन सम्बन्धित स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ।
यही पुस २० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निर्णयअनुसार कोरोनाविरुद्धको खोप प्राप्त भइसकेपछि पहिलो चरणमा खोप लगाउन कोरोना संक्रमणको उपचार तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरकारी/निजी सबै किसिमका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको अध्यावधिक विवरण स्वास्थ्य सेवा विभागले माग गरेकाे हाे।
हेर्नुहाेस्, विभागले जारी गरेकाे सूचना :


प्रतिक्रिया