माैसम पूर्वानुमान महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन भने यतिबेला (आइतबार बिहान) केही स्थानमा माैसम आंशिक बदली छ।
महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ- देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ :
पुस २६ गते (आइतबार)
दिउँसो : प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस२७गते (सोमबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस२८गते (मंगलबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया