समाज


थप ५५४ कोरोना संक्रमित थपिए, ५८५ निको भए, ६ को मृत्यु

थप ५५४ कोरोना संक्रमित थपिए, ५८५ निको भए, ६ को मृत्यु

नेपालखबर
पुस २४, २०७७ शुक्रबार १०:५५,

नेपालमा पछिल्लो २४ घन्टामा ५५४ जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १८८ महिला र ३६६ पुरुषमा कोरोना संक्रमण देखिएको हो। आज ५ हजार २६९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या दुई लाख ६४ हजार एक सय ५९ पुगेको छ भनृ आज देशमा सक्रिय संक्रमितको संख्या पाँच हजार २१ रहेको छ।

त्यस्तै २४ घन्टामा ५८५ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ। योसँगै निको हुनेको संख्या दुई लाख ५७ हजार २२९ पुगेको छ,

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६ जना कोरोना संक्रमितको निधन भएसँगै हालसम्म निधन हुनेको संख्या १ हजार ९०९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad