हेनली पासपोर्ट इन्डेक्सले इन्टरनेसनल एयर ट्रान्सपोर्ट अथोरिटी आइएटीएले प्रदान गरेको तथ्यांक र सूचनालाई मध्यनजर गर्दै वर्षेनी शक्तिशाली र कमजोर राहदानीको सूची प्रकाशित गर्दछ।
इन्डेक्सका अनुसार जापान र सिंगापुरको राहदानी विश्वकै शक्तिशाली पासपोर्टको रुपमा देखिएको छ।
जापानको राहदानी भएका मानिसले १९१ देशमा भ्रमण गर्न सक्नेछन् भने सिंगापुरको पासपोर्ट भएकाहरुले १९० देश भ्रमण गर्न सक्नेछन्।
त्यस्तै दक्षिण कोरिया, फिनल्यान्ड, जर्मनी लगायतका देशहरुको पासपोर्ट पनि शक्तिशाली पासपोर्टको रुपमा देखिएका छन्।
सूचकांकका अनुसार नेपालको राहदानी भने कमजोर देशको सूचीमा परेको छ। नेपालको पासपोर्ट भएकाहरुले मात्र ३८ देश भ्रमण गर्नसक्ने जनाइएको छ।
नेपालको राहदानी उत्तर कोरियाकोभन्दा कमजोर देखिएको हो। उत्तर कोरियाको पासपोर्टले ३९ देख घुम्न सकिन्छ।
शक्तिशाली पासपोर्ट भएका देश
१. जापानः १९१ देश भ्रमण गर्न सकिने
२. सिंगापुरः १९० देश
३. दक्षिण कोरिया, जर्मनीः १८९
४. इटाली, फिनल्यान्ड, स्पेन, लक्जेमबर्गः १८८ देश
५. डेनमार्क, अस्ट्रियाः १८७ देश
६. स्वीडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्डः १८६ देश
७. स्वीजरल्यान्ड, अमेरिका, बेलायत, नर्वे, बेल्जियम, न्युजिल्यान्डः १८५ देश
८. ग्रिस, माल्टा, चेक रिपब्लिक, अस्ट्रेलियाः १८४ देश
९. क्यानडाः १८३ देश
१०. हंगेरीः १८१ देश
कमजोर पासपोर्ट भएका देश
१. उत्तर कोरियाः ३९ देश
२. लिबिया, नेपालः ३८ देश
३. प्लोस्टाइनी क्षेत्रहरुः ३७ देश
४. सोमालिया, यमनः ३३ देश
५. पाकिस्तानः ३२ देश
६. सिरियाः २९ देश
७. इराकः २८ देश
८. अफगानिस्तानः २६ देश
Shares
प्रतिक्रिया