ad ad

समाज


मोटरसाइकल चोरेर नम्बर परिवर्तन गर्ने दुई जना सोह्रखुट्टेबाट पक्राउ

मोटरसाइकल चोरेर नम्बर परिवर्तन गर्ने दुई जना सोह्रखुट्टेबाट पक्राउ

नेपालखबर
पुस २३, २०७७ बिहिबार ६:६,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेबाट चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए।

धादिङ नीलकण्ठ नगरपालिका–९, मुरली भन्ज्यांग बस्ने २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका–१, देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङलाई बा९२प ७६३० नम्बरको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको हो।

चोरीपछि उनीहरुले मोटरसाइकलको नम्बर परिवर्तन गरेको पनि ट्राफिक प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं प्रदेश ३–०२–०१२ प ९८३५ रहेको खुलेको छ।

उक्त मोटरसाइकल २०७६ पुस २६ गते काठमाडौँ सोह्रखुट्टेस्थित सडक खण्डबाट हराएको थिए।

मोटरसाइकल धनी जिल्ला पर्सा ठोरी गाउँपालिका–९ बस्ने पूर्ण बहादुर थापाले खोज तलास गरी पाउँ भनि ट्राफिक महाशाखाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .