ad ad

समाज


कोरोनाबाट विश्वभर ६०० पत्रकारको मृत्यु

कोरोनाबाट विश्वभर ६०० पत्रकारको मृत्यु

नेपालखबर
पुस २३, २०७७ बिहिबार ०:५,

कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ सय भन्दा बढी पत्रकारको मृत्यु भएको छ।

सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा विश्वभर ६ सय दुई जना पत्रकारको मृत्यु भएको विवरण प्रेस एम्ब्लेम क्याम्पेन (पिइसी)ले सार्वजनिक गरेको छ।

पिइसीले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरू पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरूलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिन आग्रह गरेको छ।

कोरोना संmक्रमणको कारण ज्यान गुमाउने आधाभन्दा बढी अर्थात् ३०३ जना पत्रकार ल्याटिन अमेरिकी मुलुकका छन्। त्यसैगरी ज्यान गुमाउनेमा एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ र अफ्रिकाका २८ जना रहेका पनि प्रतिवेदनमा उल्लेख छ।

स्विट्जरल्याण्डको जेनेभामा कार्यालय रहेको पिइसीले पत्रकारहरू समाचार सङ्कलन तथा प्रसारणका लागि सम्बन्धित ठाउँमा नै जानु पर्ने भएकाले उनीहरूमा सङ्क्रमणको खतरा धेरै रहेको जनाएको छ।

‘पत्रकारहरू स्थलगत रूपमा काम गर्नु पर्ने व्यावसायिक प्रकृतिका भएकाले सङ्क्रमणको सम्भावना बढी हुन्छ, त्यसैले उनीहरूलाई कोरोनाविरुद्धको खोप लगाउन पनि प्राथमिकता दिनुहुन सबैलाई अनुरोध छ,’ पीईसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा लेखिएको छ।

फोटो तथा भिडियो सङ्कलन गर्ने, स्थलगत समाचार सङ्कलन गर्ने, स्टुडियोमै गएर समाचार सामग्री प्रस्तुत गर्ने, घटनास्थलमै गएर रिपोर्टिङ गर्ने पत्रकारहरूले घरमै बसेर काम गर्न नमिल्ने भएकाले पनि पत्रकारहरू संक्रमणको बढी जोखिममा हुन्छन्।

देशअनुसार हेर्दा कोरोनाका कारण सबैभन्दा बढी पत्रकारको मृत्यु पेरुमा भएको देखिएको छ । पेरुमा ९३ जनाको मृत्यु भएको छ। दोस्रो धेरै ब्राजिलमा ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने भारतमा ५३ जना, मेक्सीकोमा ४५ जना र इक्वेडरमा ४२ जनाको मृत्यु भएको छ।

त्यसैगरी बङ्गलादेशमा ४१ जना, इटलीमा ३७ जना र अमेरिकामा ३१ जना पत्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको पिइसीले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .