बलात्कारको अनुसन्धानमा कुमारित्व परीक्षण गर्ने कार्यलाई अदालतले गैरकानुनी कार्य भएको बताएपछि अधिकारकर्मीहरुले यस निर्णयको स्वागत गरेका छन्।
लाहोर उच्च अदालतका न्यायाधीश आयिसा मलिकले महिलाको योनीमा औंला छिराएर गरिने कुमारित्व परीक्षण अपमानजनक रहेको र त्यसको विधिविज्ञानमा कुनै महत्त्व नरहेको बताइन्।
पन्जाब प्रान्तमा कुमारीत्व परीक्षणविरुद्ध दुईवटा याचिका दर्ता भएपछी यो निर्णय आएको हो।
बीबीसीका अनुसार पन्जाब प्रान्तमा लागु हुने उक्त आदेशपछि महिलाको योनीमा औँला छिराएर परीक्षण गर्ने चलन अन्त्य हुनेछ।
उक्त आदेश अन्य प्रान्तहरूका लागि पनि नजिर बन्न सक्ने बताइएको छ।
महिला अधिकारकर्मीहरुले कुमारित्व परीक्षण गरिने प्रावधान पुरै पाकिस्तानभर अन्त्य हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया