समाज


डब्लूएचओको आरोप : चीनले कोरोना कहाँबाट सुरु भएको थियो भनेर अनुसन्धान गर्न दिएन

डब्लूएचओको आरोप : चीनले कोरोना कहाँबाट सुरु भएको थियो भनेर अनुसन्धान गर्न दिएन

नेपालखबर
पुस २२, २०७७ बुधबार ०:४८,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमणको सुरुवात कहाँबाट भयो भनेर अनुसन्धान गर्न भनेर गएको विशेषज्ञ टोलीलाई चीनले आफ्नो देशमा प्रवेशको अनुमति नदिएको भन्दै रोष प्रकट गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार डब्लूएचओको महानिर्देशक डा. टेड्रोस एडहनम गिब्रेयससले मंगलबार भनेका छन्, ‘हामीहररू निकै निराश छौं, कोरोनाको सुरुवात कहाँबाट भएको थियो भनेर अनुसन्धान गरिरहेको विशेषज्ञ टोलीलाई चीनले अहिलेसम्म आफ्नो देश प्रवेशमा अनुमति दिएको छैन।’

गत वर्ष डिसेम्बर अन्त्यमा चीनको उहान सहरबाट कोरोना संक्रमण सुरु भएको मानिएकाे छ। तर वास्तविकता अझै प्रस्ट हुन नसकेकाले डब्लूएचओका वैज्ञानकि अनुसन्धानमा जुटेको हो।

त्यसका लागि गत जनवरीमै डब्लूएचओले विशेषज्ञकाे टोली बनाएर उहान जाने तयारी गरिरहेको थियो।

जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले भने, चिनियाँ अधिकारीले अहिलेसम्म त्यहाँ (उहान) पुग्न टोलीलाई अनुमति नदिएको जानकारी आएको छ। त्यसका लागि म चीनका वरिष्ठ अधिकारीलाई सम्पर्क गरी मैले यो कुरा डब्ल्यूएचओका लागि प्राथमिकतामा छ भनेर भनेको छु।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad