ad ad

समाज


साझा प्रकाशनमा नयाँ नेतृत्वका लागि निर्वाचन, तीन जना निर्विरोध

साझा प्रकाशनमा नयाँ नेतृत्वका लागि निर्वाचन, तीन जना निर्विरोध

नेपालखबर
पुस २१, २०७७ मंगलबार १३:५९,

साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले ५ वर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ। ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालयमा मंगलबार मतदान सुरु भएको हो। मतदान शुक्रबार दिउँसो ३ बजे सम्म चल्नेछ।

साझा प्रकाशनका सञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन। विद्यमान ऐन अनुसार २०७५ को असार मसान्त भित्र अध्यक्ष सहितको सञ्चालक समितिको निर्वाचन भईसक्नुपर्ने थियो। व्यवस्थापकीय समस्या राजनीति मिसिएपछि साझा प्रकाशनको साधारणसभा प्रभावित बन्दै आएको थियो।

साझा प्रकाशनको विनियममा हरेक ३ वर्षमा पदाधिकारी निर्वाचित गर्नुपर्ने व्यवस्था छ। पछिल्लो सहकारी नियमावलि २०७५ अनुसार २०७५ असार मसान्त भित्र साधारणसभा गरिसक्नुपर्ने थियो। पटक पटक सरकार परिर्वतन, राजनीतिक नियुक्तिले अस्तव्यस्त र राजनीति गर्ने अखडा बनेको साझा प्रकाशनले पछिल्लो पटक २०७७ बैशाख २७ गतेका लागि साधारणसभा तोकेको भएपनि कोरोनाका कारण पुनः स्थगित गरिएको थियो।

साझा प्रकाशनको अध्यक्षका लागि साहित्यकार डाक्टर बिजय सुब्बा र पूर्व सञ्चालक जीवनचन्द्र कोइराला प्रतिस्पर्धामा उत्रिएका छन्। साहित्यकार डा. सुब्बा यसअघि पनि साझाको संञ्चालक समिति सदस्यमा रहेर काम गरिसकेका छन्।

आफूलाई ‘सिंगो साझा बचाउ अभियानले’ उम्मेदवारी बनाएको र साझा भित्र मौलाएको भ्रष्टाचारको अन्त्य गरि राजनीतिबाट जोगाएर साहित्यकारहरुको साझा संस्था बनाउनका सदस्यहरुले आफूलाई बिजयी बनाउने विश्वास डा. सुब्बाले व्यक्त गरे।

अर्का अध्यक्षका प्रतिष्पर्धी जीवनचन्द्र कोइरालाले पनि साझा भित्रको व्यवस्थापकीय कमिकमजोरी र भौतिक पूर्वाधारको पुर्नसंरचनाका लागि आफूले उम्मेदवारी दिएको बताए।

कोभिड १९ को जोखिमलाई मध्यनजर गरि साझा प्रकाशनले मंगलबार देखि शुक्रबार ३ बजे सम्मका लागि कार्यालय परिसरभित्र मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ। निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले स्वास्थ्य सर्तकताका मापदण्ड अपनाएर मतदानको व्यवस्था मिलाईएको जानकारी दिए।

सदस्यसचिव भट्टराईका अनुसार अन्य ३ जना सञ्चालकहरु र्निविरोध चयय भएका छन्। महिला तर्फ सीता कुमारी ओझा, खुल्ला तर्फ डोरप्रसाद अर्याल र हरि प्रसाद भण्डारी र्निविरोध चयन भएका हुन्। दुई सदस्यीय लेखा सुपरिवेक्षण समितिमा भने कसैको पनि उम्मेदवारी परेको छैन।

अध्यक्षको निर्वाचनको मत परिणाम आगामी २५ गते सनिबार भर्चुअल रुपमा हुने साधारण सभामा जानकारी गराईने पनि निर्वाचन समितिका सदस्य सचिव भट्टराईले जानकारी दिए।
सहकारी ऐन २०७४ अनुसार अब निर्वाचित पदाधिकारीको समायावधि ४ बर्ष को हुनेछ। साझा प्रकाशनको २०७०/७१ देखिलेखा परीक्षण हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .