ad ad

समाज


भारतमा कोरोना संक्रमितको सङ्ख्या एक करोड तीन लाख ४० हजारभन्दा बढी

भारतमा कोरोना संक्रमितको सङ्ख्या एक करोड तीन लाख ४० हजारभन्दा बढी

नेपालखबर
पुस २०, २०७७ सोमबार ७:४४,

गएको २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५०४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ४० हजार ४६९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार बिहान जनाएको छ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २१४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४९ हजार ६४९ जना पुगेको छ।

मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ४६ हजार ८६७ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख ४३ हजार ९५३ सक्रिय सङ्क्रमित रहेका छन्।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ४२४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको छ।

भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ५८५ जनाको मृत्यु भइसकेको छ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ५६ लाख ३५ हजार ७६१ को हाराहारीमा नमूना परीक्षण गरेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .