समाज


प्रतिस्पर्धाबाट पाँचसय उपप्राध्यापक भर्ना गर्ने त्रिविको तयारी

प्रतिस्पर्धाबाट पाँचसय उपप्राध्यापक भर्ना गर्ने त्रिविको तयारी

नेपालखबर
पुस २०, २०७७ सोमबार १:२२,

त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पाँचसय भन्दा धेरै उपप्राध्यापक भर्ना गर्ने तयारी गरेको छ।

एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापकहरुको पदपूर्ति गरिने त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले जानकारी दिए।

बाँस्कोटाका अनुसार खुला प्रतिस्पर्धाबाट पाँच सयभन्दा बढी उपप्राध्यापक छनौट गर्ने प्रक्रिया अघि बढिसकेको छ। उपप्राध्यापकहरुको भर्नासँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुला गर्ने तयारी त्रिविले गरेको छ।

कतिपय विषयमा दरबन्दी साटफेर गरेर भए पनि पदपूर्ति गरिने बाँस्कोटाले जानकारी दिए। त्यसका लागि दरबन्दी संकलनको काम भइरहेको छ। अब हरेक वर्ष रिक्त दरबन्दीमा खुला प्रतिस्पर्धाको माध्यमाट उप्रप्राध्यापक छनोट गरिने त्रिविले जनाएको छ।

यो पनि:
उप–प्राध्यापक परीक्षाको नतिजाले उब्जाएका केही प्रश्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad