समाज


‘आज रातिदेखि केही दिनसम्म वर्षा र हिमपात हुने सम्भावना छ, सतर्क रहनुहोला’

‘आज रातिदेखि केही दिनसम्म वर्षा र हिमपात हुने सम्भावना छ, सतर्क रहनुहोला’

नेपालखबर
पुस १९, २०७७ आइतबार १४:४०,

आज (आइतबार) रातिदेखि केही दिनसम्म देशका धेरै स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेकाले आम नागरिकलाई होसियारी अपनाउन माैसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाले आइतबार दिउँसो विशेष मौसम बुलेटिन जारी गर्दै पश्चिमी वायुमा विकसित न्यून चापीय प्रणालीको प्रभावले आजदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको हो।

महाशाखाका अनुसार आज रातिदेखि पुस २१ गतेसम्म बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ का उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाले भनेको छ : बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहन हुन सबैमा अनुरोध छ।

हेर्नुहाेस्, महाशाखाले जारी गरेकाे विशेष माैसम बुलेटिन

maubii

यस्तै महाशाखाले अघि साँझ ६ बजे पनि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ- देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन हुन तथा बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहन हुन सबैमा अनुरोध छ।

महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ-

पुस १९ गते (आइतबार)

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थान र लुम्बिनी र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

पुस २० गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती र प्रदेश न. १ को पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातका साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती र प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

पुस २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र प्रदेश नम्बर १ को भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad