भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया-डीसीजीआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ ।
विशेष सरकारी स्रोतका अनुसार विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड-१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको हो।
स्वदेशी सङ्क्रमित बिरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन गर्ने दुई कम्पनी एसआईआई र भारत बायोटेकले बुझाएको आवेदन समीक्षा गर्न शुक्रबार दिल्लीमा डीसीजीआइको विषय विशेषज्ञ समितिको बैठक बसेको थियो।
कोभ्याक्सिन भारतीय मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा भारती बायोटेकद्वारा स्वदेशी प्रविधिमा विकसित एक कोरोनाभाइरस खोप हो। एजेन्सी

प्रतिक्रिया