समाज


कंगोमा नयाँ वर्ष मनाइरहेका २५ जनाको हत्या

कंगोमा नयाँ वर्ष मनाइरहेका २५ जनाको हत्या

नेपालखबर
पुस १८, २०७७ शनिबार १:८,

प्रजातान्त्रिक गणतन्त्र कंगोमा नयाँ वर्ष सन् २०२१ मनाइरहेका बेला २५ जनाको हत्या गरिएको छ।

त्यहाँका सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार देशको पूर्वी क्षेत्रस्थित तिङवेमा नयाँ वर्ष मनाउन सर्वसाधारण भेला भइरहेका बेला आक्रमण भएको हो।

आक्रमण एडीएफ नामको लडाकु समूहले गरेको आरोप लगाइएको छ। तर अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन।

स्थानीय नागरिक अधिकारकर्मीले भने आक्रमणमा ३० जनाको मृत्यु भएको दाबी गरेका छन्। एक अधिकारकर्मीले भने, ‘नयाँ वर्ष मनाइरहेका सर्वसाधारणलाई एडीएफ नामक लडाकु समूहले एक-एक गरी मारेका हुन्।’

सन् १९९० को दसकदेखि त्यहाँ (कंगोमा) युगान्डा मुस्लिम विद्रोही समूहले आफ्नो लडाइँ जारी राखेको छ। जसका कारण अहिलेसम्म सयौं मानिसको मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad