समाज


क्रोएसियामा तेज गतिको भूकम्प, ठूलो मात्रामा धनजन क्षति

क्रोएसियामा तेज गतिको भूकम्प, ठूलो मात्रामा धनजन क्षति

नेपालखबर
पुस १४, २०७७ मंगलबार २३:१४,

क्रोएसियामा तेज गतिको भूकम्प जाँदा ठूलो मात्रामा धनजनको क्षति भएको छ।

बीबीसीका अनुसार मंगलबार ६.४ रेक्टर स्केलको भूकम्प जाँदा अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। कैयौं व्यक्ति घाइते भएका छन्।

पेट्रिन्जा सहरका मेयरले भूकम्पका कारण आधा सहर ध्वस्त भएकाे जानकारी दिएका छन्। मानिसलाई चेपिएकाे ठाउँबाट निकाल्ने क्रम जारी छ। 

क्रोएसियाका सञ्चारमाध्यमका अनुसार पेट्रिन्जाको एक हलबाट एक महिलालाई जीवितै निकालिएकाे छ।

स्थानीय च्यानल एन १ सँगको अन्तर्वार्तामा  पेट्रिन्जाका मेयर डारिन्काे डुमोबोभिकले भने, ‘मानिसहरूलाई कारबाट बाहिर नकालिरहेका छाै‌ँ।तर ती मरेका छन् वा गम्भीर घाइते, अहिले भन्न सक्दैनौं।’ 

भूकम्पको धक्का बोस्निया, सर्बिया र इटलीमा समेत महसुस गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad