ad ad

कारोबार


आँगनको मिठाइमा एसएसपीले नङ भेटेपछि...

आँगनको मिठाइमा एसएसपीले नङ भेटेपछि...

नेपालखबर
पुस १४, २०७७ मंगलबार ६:३२,

सोमबार सरकारले नेपाल प्रहरीका ९ एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको थियो।

त्यसैको खुसियालीमा मंगलबार अर्थात् आज बिहानै हिजो बढुवा सिफारिसमा परेका एक एसएसपीले कमलपोखरीको आँगन मिठाइ पसलबाट मिठाइ किने।

तर अचम्म! खुसियाली बाँड्न किनेको मिठाइमा नङ भेटियो। आँगन चलेको मिठाइ ब्रान्ड हो।

चर्चित मिठाइ पसलकै उत्पादनमा कैफियत भेटिएपछि ती एसएसपीले तत्काल काठमाडौं प्रहरीलाई खबर गरे।

नङ भेटिएको कमलपोखरीको उक्त पसल अहिले प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए।

उनका अनुसार सञ्चालक प्रकाश डोटेल र व्यवस्थापक आयुस देउरा पनि प्रहरीको सम्पर्कमै छन्।

उक्त पसललाई कारबाही गर्नका लागि प्रहरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई खबर गरेको छ।

विभागको टोली गएपछि आवश्यक कारबाही अगाडि बढाइने काठमाडौं प्रहरीले जनाएको छ। मिठाइ पसल भने कमल पोखरी वृत्तले सिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .