स्थानीय बजारमा मंगलबार पहेंलो धातुको मूल्य प्रतितोला रु ८ सयले ओरालो लागेको छ। प्रतितोला रु ७ सयले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन प्रतितोला रु ९४ हजार ९ सयमा सोमबार कारोवार भएको थियो।
यस्तै तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४ सयमा कारोवार भएकामा मंगलबार प्रतितोला रु ९३ हजार ६ सय मूल्य निर्धारण भएको छ। तेजाबी सुन पनि प्रतितोला रु ८ सयले घटेको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ। प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३ सय मूल्य निर्धारण भएको छ। रासस
प्रतिक्रिया