ad ad

समाज


तेल ट्यांकरको ठक्करबाट किशोरीको मृत्यु

तेल ट्यांकरको ठक्करबाट किशोरीको मृत्यु

नेपालखबर
पुस १३, २०७७ सोमबार १५:५७,

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज साँझ तेल ट्यांकरले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको तिरहुत गाउँपालिका–३ का देवनारायण दासकी १३ वर्षीया छोरी लक्ष्मीकुमारी रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३७३३ नम्बरको तेल ट्यांकरले ठक्कर दिँदा गम्भीर घाइते भएकी लक्ष्मीको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साइकलमा सवार लक्ष्मीलाई बाटो काट्ने क्रममा ट्यांकरले ठक्कर दिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .