समाज


अमेरिकामा क्रिसमसका दिन बिहानै विस्फोट, ३ जना घाइते

अमेरिकामा क्रिसमसका दिन बिहानै विस्फोट, ३ जना घाइते

नेपालखबर
पुस १०, २०७७ शुक्रबार २३:२०,

अमेरिकाको टेनेसी प्रान्तको न्यासबिल सहरमा क्रिसमसका दिन बिहानै विस्फोट भएको छ। घटनामा तीन जना घाइते भएका छन्।

त्यहाँकाे प्रहरीका अनुसार एउटा गाडीमा विस्फोट गराइएको हो।

स्थानीय समयानुसार विस्फोट बिहान ६ बजे गराइएको थियो। सिटी सेन्टरमाथि धुवाँकाे मुस्लाे उडेकाे थियाे।

विस्फोटमा परी घाइते भएका ३ जनलाई अस्पताल लगिएको छ। तर उनीहरूको अवस्था गम्भीर नरहेको अनुमान गरिएको छ।

बीबीसीका अनुसार अहिले घटनास्थलमा अनुसन्धान टाेलीले अनुसन्धान गरिरहेकाे छ। याे खबर लेख्दासम्म विस्फाेटकाे कारण पत्ता लागेकाे छैन। 

आकस्मिक रूपमा गरिएको पत्रकार सम्मेलनमा प्रहरीका प्रवक्ताले बताएअनुसार बिहान ६ बजेतिर स्थानीयले गाेली पड्केकाे सुनिएकाे भनेर सूचना दिए। 

उनले भने, त्यसपछि बम डिस्पाेजल टाेली घटनास्थल पुग्दा एउटा शंकास्पद अवस्थामा राखिएकाे गाडी देखियाे। केही समयपछि त्याे विस्फाेट भयाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad