कालीगण्डकी करिडोरको भोक्रोफाँट भएको ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी करिडोरको भोक्रेफाटमा बुधबार बिहान ना ३ ख ५३३९ नम्बरको ट्रक भिरबाट २ सय मिटर तल खस्दा ३ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणका अनुसार लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कँदै गर्दा दुर्घटना भएको र उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुने तीनै जना पुरुष रहेको र उनीहरुको सनाखत नभइसकेको उनले जानकारी दिए।
ईलाका प्रहरी कार्यालय गैंडाकोटको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको र उद्धारको कार्य भइरहेको डीएसपी खाँणले जानकारी दिए।
प्रतिक्रिया