ad ad

समाज


राजधानीमा बढे चोरीका घटना, एकैदिन काठमाडौं र ललितपुरमा चोरी

राजधानीमा बढे चोरीका घटना, एकैदिन काठमाडौं र ललितपुरमा चोरी

नेपालखबर
पुस ८, २०७७ बुधबार ६:१७,

राजधानीमा पछिल्ला दिनमा चोरीका घटना बढेका छन्। पछिल्लो समय दिनहुँजसो चोरीका घटना हुन थालेका हुन्। मंगलबार साँझ मात्रै काठमाडौं र ललितपुरमा चोरी भएको छ।

काठमाडौं महानगरपालिका( ७ चाबहिलस्थित शेरा शेर्पाको घरमा डेरा गरी बस्ने पर्साका ३२ वर्षीय सुकबहादुर पाख्रिनको ५० हजार रुपैयाँ र करिब ३ तोला सुनका गहना चोरी भएको हो। शेर्पाको करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

त्यस्तै ललितपुर महानगरपालिका १७ मंगलबजार त्यागलमा पनि मंगलबार नै चोरी भएको छ। त्यहाँ डेरा गरी बस्ने सुनसरी लौकीका वसन्त शाहको डेरा कोठाबाट ५ हजार रुपैयाँ र करिब २ तोला सुनका गहना चोरी भएको हो।

उनको करिव १ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको ललितपुर प्रहरीले जनाएको छ।

चोरीमा संलग्न व्यक्ति फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .