समाज


युरोपेली संघले पनि फाइजर–बायोएनटेकको खोपलाई दियो स्वीकृति

युरोपेली संघले पनि फाइजर–बायोएनटेकको खोपलाई दियो स्वीकृति

नेपालखबर
पुस ७, २०७७ मंगलबार ११:४४,

ईयूको औषधिसम्बन्धी नियामक निकाय ईएमएले सो समूहमा आबद्ध २७ राष्ट्रमा फाइजर–बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको थियो।

फाइजर–बायोएनटेकद्वारा निर्मित खोप ईयूका ४४ करोड ६० लाख बासिन्दामा प्रयोग गर्न सिफारिस गरिएको केही समयमै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको छ।

अब ईयूका केही सदस्य राष्ट्रहरूमा आगामी आइतबारदेखि खोप वितरण गर्न थालिनेछ।

फाइजर–बायोएनटेकको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

ईयूका सदस्य राष्ट्रहरूमा कोभिड–१९ का कारण हालसम्म ३,११,००० व्यक्तिको मृत्यु भइसकेको छ।

खोपको प्रयोगसँगै कोरोना नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad