कारोबार


नबिल बैंकले सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने

नबिल बैंकले सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने

नेपालखबर
पुस ७, २०७७ मंगलबार ११:४१,

नबिल बैंकले आफ्ना सेयरधनीलाई ३५.२६ प्रतिशत बोनस तथा नगद लाभांश दिने घोषणा गरेको छ।

बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको ५५२औ बैठकले यस बैंकको आ.व. २०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई करसहितको कुल ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

यसमा ३३.५ प्रतिशत बोनस सेयर अर्थात् १०० कित्ता बराबर ३३.५ कित्ता तथा कर प्रयोजनको निमित्त १.७६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६औं वार्षिक साधारणसभाको स्वीकृतिपश्चात् आवश्यक प्रक्रिया पूरा गरी बैंकका सेयरधनी महानुभावहरूलाई वितरण गरिने बैंकले जनाएको छ।

बैंकले आ.व. २०७६÷०७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ।

बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रतिसेयर आम्दानी ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३८ अर्ब पु¥याएको छ। बैंकको सञ्चालन मुनाफा ५ अर्ब ९ करोड रहेको छ।

आ.व. २०७५/७६ मा वित्तीय क्षेत्रबाट ठूला करदाताहरुमध्ये सबैभन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमा नबिल बैंक स्थापित भएको छ।

यस बैंकले आधुनिकिकरणलाई आत्मसाथ गर्दै डिजीबैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad