नेकपाका केन्द्रीय सदस्य प्रभु साहले पार्टीमा दुई अध्यक्ष हुन नहुने बताएका छन्।
मंगलबार बबरमहलको एक पार्टी प्यालेसमा भएको नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर माधव नेपाललाई नयाँ अध्यक्ष बनाएपछि नेता साहले असहमति जनाएका हुन्।
उले यसअघि पनि दुई अध्यक्ष रहेको र उक्त प्रणाली हस्यास्पद रहेको भन्दै फेरि त्यस्तै गल्ती गर्न नहुने बताए।
उनले नेता नेपालप्रति आफ्नो सम्मान रहेको बताउँदै दुई अध्यक्षवाला प्रणाली नै बेठिक रहेको बताए।
‘मैले वरिष्ठ नेता माधवकुमार नेपालको विरोध होइन्, उहाँप्रति मेरो सदा सम्मान छ’, उनले भने, ‘तर, पार्टीमा दुई अध्यक्ष बनाउने प्रणाली जुन छ त्यो गलत छ भनेको हुँ।’

प्रतिक्रिया