ad ad

समाज


नेपालतर्फ सर्दै न्यून चापीय रेखा, मौसम महाशाखाले जारी गर्‍याे २४ घण्टे चेतावनी

नेपालतर्फ सर्दै न्यून चापीय रेखा, मौसम महाशाखाले जारी गर्‍याे २४ घण्टे चेतावनी

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १:३६,

मौमस पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै २४ घण्टे चेतावनी जारी गरेको छ।

महाशाखाले भनेको छ– देशको केही स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ।
मौसमविद् राजु प्रधानांगका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा पश्चिमी पहाडका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
उनका अनुसार हाल नेपालभन्दा दक्षिण रहेको मनसुन न्यून चापीय रेखा बिस्तारै उत्तरतर्फ सरिरहेको छ। यो रेखा नेपालनजिक आइपुगेपछि वर्षाको मात्रा बढ्ने मौसमविद् प्रधानांगले बताए। ‘तर त्यो नेपाल आइपुग्न केही समय लाग्छ,’ उनले भने।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसमी अनुमान यस्तो छ ः
हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भू(भागमा सामान्य बदलीको अवस्था छ, साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ । मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा छ।
मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू(भाग भन्दा दक्षिण तिर अवस्थित छ र बिस्तारै उत्तरतिर ९नेपाल तर्फ०सर्दै जाने देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण १७ गते ९शुक्रबार०
दिउँसोस् देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ्र
रातीस् देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पश्चिमी पहाडि भू(भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ्र

श्रावण १८ गते शनिबार
दिउँसोस् देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।
रातीस् देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।
श्रावण १९ गते आइतबार
दिउँसोस् देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।
रातीस् देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू(भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .